आदरणिय दाजु भाइ दिदी बहिनी हरु, नेपाल एम्बेसी द्वारा आगामी अगस्ट 2,3 र 4 मा सिकागो मा घुम्ती कन्सुलर सेवा सन्चालन गर्न गैरहेको सन्दर्भमा एम्बेसिले उपलब्ध गराउने सेवाका बारेमा सेवाग्राही हरुबाट विभिन्न जिग्यासा प्राप्त भैरहेकोले कन्सुलर सेवा बारेका नीति, प्रकृया र अन्य आबस्यक कुराहरु निम्न बमोजिम रहेको सबैको जानकारिका लागि अनुरोध छ ! (1) यो घुम्ती सेवाले पास्पोर्ट नबिकरण सम्बन्धी सेवा मात्र उपलब्ध गराउने छ !
(2) 2025 को अगस्ट महिना भित्र एक्स्पायर हुने या यश अघि नै एक्स्पायर भैसकेका पास्पोर्ट मात्र नबिकरण गरिने छ ! September 1 वा यो मिति भन्दा पछि एक्स्पाएर हुने पासपोर्ट नबिकरण हुने छैनन!
(3) नबिकरण सेवा लिन चाहने सबैले July 26 भित्र August 3, 2024 को मितिको एपोईन्ट्मेन्ट एम्बेसिको वेब साईट मार्फत अनिवार्य लिनु पर्नेछ ! उक्त मिति भित्र एपोईन्ट्मेन्ट नलिएका वा एपोइन्ट्मेन्ट बिना सिबिर मा पैदल उपस्थित भएका हरुलाई सेवा उपलब्ध गराउन सकिने छैन !
(4) यसरी July 26 भित्र एपोईन्ट्मेन्ट लिएका सेवाग्राही ले आफुले भरेको फारमको Scan Pdf copy, पासपोर्ट र नागरिकताको फोटो तथा आफ्नो मोबाईल नम्बर समेत एम्बेसिको ईमेल passportchicago@nepalembassyusa.org मा भेरिफिकेसन को लागि अनिवार्य पठाउनु पर्ने छ ! नत्र सेवा उपलब्ध हुने छैन !
(5) आफुले भरेको बारकोड सहित को फर्म Download गरि त्यस्लाई प्रीन्ट गरि अनिवार्य लिएर आउनु पर्नेछ !
(6) July 26 भित्र एपोईन्ट्मेन्ट लिएका सम्पूर्ण सेवाग्राही हरुलाई एम्बेसिलाई प्राप्त भएको क्रम को आधारमा 3 बराबर सन्ख्या मा बिभाजन गरि अगस्ट 2,3 र 4 तारिक मा सेवा उपलब्ध गराईने नामहरु तय गरि सार्बजनिक सुचना एबम सम्बन्धित सेवाग्राहिको इमेल मार्फत जानकारी गराइउनेछ ! सेवाग्राही ले सेवा प्राप्तगर्ने दिन को टुङ्गो एम्बेसिले नै गर्ने हुदा त्यस्मा कुनै फेरबदल गर्न नसकिने हुदा सेवाग्राही हरुले आफ्नो सेवा प्राप्त गर्ने दिन मा नै सेवा प्राप्त गर्न आउनु पर्ने छ !
(7) पासपोर्ट्को लागि फोटो सेवास्थल मै खिचिने छ !
(8) ( पासपोर्ट(34 पेज) को लागि दस्तुर $150 लाग्ने छ ! सेवाग्राहिले उक्त दस्तुर अनिवार्य रुपमा क्रेडिट वा डेबिट कार्ड मार्फत नै भुक्तान गर्नु पर्ने छ ! मनि अर्डर वा क्यासिअर चेक स्विकार हुने छैन !
(9) पासपोर्ट नबिकरण गर्न आउने सेवाग्राहिले निम्न कुराहरु साथमा लिएर आउनु पर्ने छ !
(a) सक्कल पासपोर्ट
(b) सक्कल नागरिकता वा प्रस्ट बुझिने फोटोकपी
(c) रिटर्न इन्भेलप – (usps बाट लिने)
( एउटै परिवार का दुई वा त्यो भन्दा बढी पासपोर्ट रिन्यु गर्नु पर्ने भए प्रत्येक पासपोर्ट को लागि भिन्न भिन्नै रिटर्न ईन्भेलप ल्याउनु पर्ने छ !)
(10) अन्य कुनै बिशयमा बुझ्नु परेमा अघिल्लो सुचनामा उल्लेखित ब्यक्ती सङ्ग सम्पर्क गर्नु होला !
संयोजक
बाला घिमिरे कन्सुलर घुम्ती सेवा समिती, सिकागो!