नमस्कार!
नेपलिज एड सिकागोले हाम्रा आदरणीय बुवा-आमा, काका-काकी, दाजु-भाउजु, दिदि, बहिनि तथा पाको उमेरका सिनियर नागरिकहरुका लागि ‘सिनियर भेटघाट कार्यक्रम २०२५’ जुन महिना देखि हाललाई आइतबार दिउँसो २ देखि ४ वजे सम्म संचालन गरिरहेको छ। नेपाल देखि घुम्न आउनु भएका तथा सिकागो वरपर बसोबास गर्ने हाम्रा श्रद्देय सिनियर नागरिकहरुका लागि एकै ठाउँमा भेटघाट गर्ने, आफना अनुभवहरु आदान प्रदान गर्ने, केहि सिप सिक्ने, आफुले जानेको सिप सिकाउने, नेपाली टिभी कार्यक्रम हेर्ने, विभिन्न मनोरन्जनात्मक खेलहरु खेल्ने, चिया, कफी, खाजा, नास्ता गर्ने गरि विदेशको बसाई आनन्ददायी बनाउने हाम्रो प्रयास रहनेछ। आफ्ना बुवा-आमा, नातेदार, सिनियरहरुलाई सहभागी हुन पठाईदिनु हुन र कार्यक्रमलाई राम्रो र रमाइलो बनाउन सुझाउनु हुन विनम्र अनुरोध गर्दछौं।

Date: Every Sunday
Time: 2:00 pm – 4:00 pm
Venue: Nepalese Aid’s Office
Address: 1020 W Bryn Mawr Ave, Unit 109, Chicago, IL 60660